नियम १८
समितिको दर्तासम्बन्धी व्यवस्था
(१) नियम १५ बमोजिम पहिलो पटक समिति गठन भएपछि दर्ताको लागि अनुसूची– ५ बमोजिमको ढाँचामा आफ्नो विधानसमेत संलग्न राखी परिषद्को कार्यालयसमक्ष निवेदन दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा परिषद््ले सो समिति दर्ता गरी अनुसूची–६ बमोजिमको ढाँचामा प्रमाणपत्र दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम एक पटक दर्ता भै सकेको समितिका पदाधिकारी रसदस्यको पदावधि समाप्त भएपछि पुन निर्वाचित हुने समितिका पदाधिकारी तथा सदस्यको नामावली समितिका अध्यक्षले परिषद्समक्ष पेश गर्नु पर्नेछ ।